Monday, May 18, 2009

बगैंचा

फूलका साना थुङ्गाहरुमा
सपनाको महल सजाउँदा
रङ्गीचङ्गी बगैंचाको
प्रकृतिले प्रशंसा गर्दा
नीलो आकाशको
गर्जदो बादललाई छेकी
भुईँमा
मानिसको प्रतिबिम्ब खिच्दैछु म ।

जहाँ प्रकृतिको
मार्मिक अर्थ नै
थाहा हुन्न भने
रातको त्यो विवश बगैंचालाई
मालामा उन्नकहाँ सकिन्छ र ?

न जात, न साथ
न विदेशी आशीर्वाद
न नीति, अनीति
न कुनै राजनीति
कसैमा पनि पाउँदिन म
बगैंचाको अर्थ ।

जहाँ बगैंचा आफै
कहिले माली त
कहिले दास भइदिन्छ
जहाँ कसैको
आहत र राहतमा बगैंचा
अडिएको जस्तो भान हुन्छ
त्यहीनिर
यदि बगैंचालाई
साँच्चै बगैंचा बनाउन सके
देश नै विश्व बन्छ
विश्व नै देश बन्छ ।

3 comments:

  1. Aavibadan aaparajita,

    Bagaicah ma phul matrai hoena kanda pani hunu parcha. kina ki kanda le ghoche pachi phul le seknu parcha. Ramro cha yo kabita.

    Kapil Anjan
    Kohalpur-2 Banke

    ReplyDelete
  2. अपराजिताको वैचारिक/काव्यिक चेतनाबाट पूर्ण प्रभावित छु म ।

    ReplyDelete
  3. बगैँचाको एउटा सुन्दर फूल तपाईको कविता.....

    ReplyDelete